पुस्तक र पेट्रोलियम पदार्थमा लगाइएको कर फिर्ता लिन माग गर्दै नेविसंघको प्रदर्शन

73

काठमाडौं – पुस्तक र पेट्रोलियम पदार्थमा लगाइएको कर फिर्ता लिन माग गर्दै नेपाल विद्याथी संघ (नेविसंघ)ले सरकारविरुद्ध प्रदर्शन गरेको छ । आज आइतबार काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस र विश्व भाषा क्याम्पस नेविसंघको संयुक्त आयोजनामा प्रदर्शन गरिएको हो ।

नेविसंघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न, निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अडियो प्रकरणबारे छनबिन गर्न र ललिता निवासको जग्गा प्रकरणका दोषीलाई कारबाही गर्न पनि माग गरेको छ ।

सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका नेविसंघका नेता/कार्यकर्ताले पुस्तक र पेट्रोलमा लगाइएको कर फिर्ता लिन माग गरेका छन् । कर फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरुले चेतावनी दिएका छन् ।

समाचार वर्गहरू