अख्तियारको आयुक्त बन्दै पूर्वआईजीपी खनाल

6

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा सिफारिस गर्ने तयारी गरेका छन्।

आइतबार  बस्ने संवैधानिक परिषदको बैठकमा पूर्वआइजीपी खनाललाई अख्तियारको आयुक्तमा प्रधानमन्त्री ओलीले सिफारिस गर्ने बालुवाटार स्रोतले बताएको छ। दुई स्थान रिक्त रहेको अख्तियारमा ओलीले खनाल सँगै मधेशबाट आफुनिकट एकजनाको नाम सिफारिस गर्न लगेको स्रोतको दाबी छ ।

गत बर्ष पूर्वआईजीपी खनाल, सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ ‘किसान’ र नबिन बस्नेतसहितले  तत्कालीन समाजवादी नेपालका सांसद डा.  सुरेन्द्र यादवलाई ‘अपहरण’ गरेर काठमाडौँ ल्याएको आरोप लागेको थियो।

तर प्रधानमन्त्री ओलीले विश्वासको मत गर्न नसकेर उनको सरकार ढलेमा उनले लोकसेवा आयोग र अख्तियारमा गरेको नियुक्ति सिफारिस पनि अलपत्र पर्ने देखिन्छ।

समाचार वर्गहरू