पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचारी ठहर

36

काठमाडौं – विशेष अदालतले पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

दोस्रो संविधान सभा निर्वाचन प्रयोजनका लागि गठित गैरदलीय सरकारमा मन्त्री रहनुभएका श्रेष्ठलाई विशेष अदालतले सोमबार भ्रष्टाचारी ठहर गरेको हो।

विशेष अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले सोमबार यस्तो आदेश दिएको हो । लगातार पाँच दिन हेर्दाहेर्दैमा राखी मुद्दाको फैसला भएको छ । विशेषले ३१ भदौदेखि हेर्दाहेर्दैमा राखेको थियो भने छैटौँ सुनुवाइमा फैसला गरेको छ । मुद्दा दायर भएको डेढ वर्षपछि विशेषले फैसला सुनाएको हो ।

‘प्रतिवादी रामकुमार श्रेष्ठलाई ६ महिना कैद सजाय सुनाइएको छ । उहाँलाई स्रोत नखुलेको बराबरको रकम जरिवाना र उति नै रकम जफत हुने फैसला भएको छ,’ विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीले भने । श्रेष्ठले अदालतमा ९८ लाख २९ हजार पाँच सय ३७ रुपैयाँबराबरको सम्पत्ति तथा व्ययको स्रोत खुलाउन सकेका थिएनन् । जसपछि उक्त रकमलाई आधार मान्दै अदालतले सजाय तोकेको हो ।

सोहीबमोजिमको सम्पत्ति जफतको पनि फैसला भएको छ। फैसलामा चित्त नबुझ्ने पक्षले अब एक तह माथिल्लो अदालतमा पुनरावेदन गर्न पाउने छन्। फैसला प्राप्त भएको मितिले ३५ दिनभित्र पक्षले सर्वोच्चमा पुनरावेदन गर्न सक्ने छन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू