मध्यविन्दु/काठमाडौँ– पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाइ जारी छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा मुद्दाको सुनुवाइ भईरहेको छ ।
संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख महराको मुद्दामा आज अन्तिम सुनुवाइ भइरहेकाले आजै फैसला हुन सक्ने सम्भावना देखिएको छ ।
महराको अहिले सुनुवाइपछि महरा अदालत बाहिर रहेरै मुद्या लड्न पाउने सम्भावना देखिएको हो । यसअघि महराले आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौंको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालतले जिल्लाको फैसलालाई सदर गरिदिएको थियो ।
