पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त

4

काठमाडौं – प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका छन्।

प्रधानमन्त्री दाहालले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुव कुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलियालाई नियुक्त गरेका हुन्।

विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गरी प्राज्ञिक प्रतिस्पर्धाका आधारमा प्रधानमन्त्रीले उनीहरूलाई नियुक्त गरेको बताइएको छ।

उनीहरूलाई सोही मेरिटोक्रेसी अनुसार नियुक्त गरिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। यसअघि उपकुलपतिका लागि ३-३ जनाको सिफारिस आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू