पूर्वी भू–भाग नजिकै निम्न चापीय प्रणाली सक्रिय

29

(काठमाडौं) – हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालको पूर्वी भू–भाग नजिकै निम्न चापीय प्रणाली रहेको छ । साथै स्थानीय वायुको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ ।

बुधबार देशको पूर्वी भूँभाग तथा मध्य पहाडी भू–भागहरुमा सामान्य बदली र पश्चिमी भू–भागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ ।

पूर्वी भू–भाग तथा मध्य पहाडी भू–भागका केही स्थानमा साथै पश्चिमी पहाडी भू–भागका मध्याह्न पछि थोरै स्थानमा मेघगर्जन, चट्याङ, र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राति देशको पूर्वी र मध्य भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पूर्वी तथा मध्य भू–भागका केही स्थानमा साथै पश्चिमी भू–भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी २ दिनकाे माैसम पूर्वानुमान

जेठ १५ गते (बिहिबार)
दिउँसो : देशको पश्चिमी भू–भाग लगायत मध्य र पूर्वी पहाडी भू–भागान सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू–भागका केहि स्थानमा साथै मध्य तथा पूर्वी पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राति : देशको मध्य र पूर्वी भू(भाग लगायत पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ । मध्य भू–भागका केही स्थानका साथै पूर्वी तथा पश्चिमी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

जेठ १६ गते (शुक्रबार)
दिउँसो : देशको पहाडी भू–भागहरुमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पूर्व र पश्चिमी भू–भागका केहि स्थान तथा मध्य पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राति : देशको मध्य भू–भाग तथा पश्चिम र पूर्वी पहाडी भू–भागमा सामान्य बदली रहि अन्य भू–भागमा आंशिक बदली रहनेछ । मध्य र पश्चिमी भू–भागका केही स्थान र पूर्वी पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

समाचार वर्गहरू