(काठमाडौं) – बिहीबार मुलुकको पूर्वी र मध्य पहाडी भूभागमा अपरान्ह पछि मौसम आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
देशको पूर्वी र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बिहीबार कतै पनि पारिलो घाम नलाग्ने महाशाखाले जनाएको छ । यस्तै बिहीबार बिहान खुलेको ठाउँको मौसम पनि दिउँसोपछि बदली हुनेछ ।