पृथ्वीनारायण शाहका दृष्टिकोण आज पनि सान्दर्भिक छन् : राष्ट्रपति भण्डारी

21

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दृष्टिकोणहरु संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि सान्दर्भिक भएको बताएकी छन् । पृथ्वी जयन्तीको अवसरमा आज आइतबार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले राष्ट्रिय एकतालाई सुदृढ बनाउन पृथ्वीनारायण शाहले गरेको योगदानको प्रशंसा गरेकी छन् ।

‘जनचाहनालाई सर्वोपरि ठान्ने पृथ्वीनारायण शाहका जीवन्त दृष्टिकोणहरु मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पनि सान्दर्भिक भएकाले आजको यस ऐतिहासिक दिनमा राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै सदाचार र सुशासनलाई अझ बलियो बनाएर समृद्ध, स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा सम्बद्ध सबै पक्ष परिचालित हुनुपर्ने कुरा महसुस गरेको छु,’ उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

नेपाल सबै जातको साझा फूलबारी भएको कुरा स्वीकार गर्दै जनताबीच भावनात्मक एकीकरण गर्नुपर्ने कुरामा सजग शाहले छरिएर रहेका साना राज्यहरुलाई एकीकरण गरिएको सन्देशमा लेखिएको छ ।

समाचार वर्गहरू