काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य बढाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १/१ रुपैयाँ बढाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
अगस्ट १६ मा भारतीय आयल कर्पोरेसन आइओसीले नयाँ मूल्यसूची पठाएपछि पेट्रोलियम पदार्थको मूल्य बढाएको प्रवक्ता उपाध्यायले बताए ।
मूल्य समायोजन पश्चात् पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ, डिजेल र मटितेल ९१/९१ रुपैयाँ पुगेको निगमले जनाएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।