पेट्रोलियम पदार्थको भाउ बढ्यो

21

काठमाडौं – नेपाल आयल निगमले शनिबार मध्यराति बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्ययले जानकारी दिए ।

इन्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बरमा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकोले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि तथा निगमको शनिबारको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्य बढाउने निर्णय गरेको निगमले विज्ञप्ति मार्फत जनाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जानाएको छ । डिसेम्बर एकमा आईओसीबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार इन्धनको मूल्य बढेर आएको कारण स्वचालित मूल्य कार्यान्वयन कार्यविधि अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

समाचार वर्गहरू