काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनले मूल्य घटाएर पठाएपछि सोअनुसार मिलान गरी नेपाल आयल निगमले मूल्य घटाएको हो ।
नेपाल आयल निगमले बुधबारदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य ३ रुपैयाँ घटाउने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेल सबैको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको निगमले विहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतबाट पेट्रोल, डिजेल र मट्टीतेको मूल्य घटेर आएकाले सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ । घटेको मूल्य आज राती १२ बजेपछि लागु हुने निगमले जनाएको छ ।