पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसमा सरकारद्वारा भारी मुल्यबृद्धि : उपभोक्ता सकसमा

10

काठमाडौँ । मध्यपूर्व र पश्चिम एशियामा चर्किएको युद्धको कारण देखाउदै अन्तरिम सरकारको निर्देशनमा नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेल र खाना पकाउने एलपी ग्याँसको खुद्रा बिक्री मूल्यमा भारी बृद्धि गरिएको छ ।

निगमले नयाँ मूल्य २०८२ चैत १ गते बिहान रातिदेखि लागू हुने गरी मुल्यबृद्धि गरेको जनाएको छ । जस अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ र ग्यास प्रति सिलिन्डर २१६ रुपैयाँले वृद्धि गरिएको छ ।

पेट्रोल पहिलो वर्गः प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा

दोस्रो वर्गः प्रतिलिटर १७१ रुपैयाँ

तेस्रो वर्गः प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने

डिजेल र मट्टीतेल

पहिलो वर्गः प्रतिलिटर १४१ रुपैयाँ ५० पैसा

दोस्रो वर्गः प्रतिलिटर १४३ रुपैयाँ

तेस्रो वर्गः प्रतिलिटर १४४ रुपैयाँ पर्ने भएको छ ।

खाना पकाउने एलपी ग्याँस : प्रतिसिलिण्डर : २१६ बृद्धि गरि २ हजार १२६ रुपैयाँ कायम

650140182_1222550349619975_4752192082224601167_n

649821766_2393089471154995_6053193754974279198_n

निगमले भने मध्यपूर्व र पश्चिम एसियामा देखिएको तनाव तथा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण आपूर्ति व्यवस्थापनमा दबाब परेको भन्दै मृल्यबृद्धि गरेको बताएको छ । सो मुल्यबृद्धिबाट उपभोक्ता भने सकसमा परेका छन् ।

निगमले भारतबाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यका आधारमा उक्त कम्पनीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको निगमको भनाई छ ।

समाचार वर्गहरू