काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँका दरले मूल्य घटाएको हो।
शुक्रबार रातिदेखि लागू हुनेगरी मूल्य घटाइएको निगमले जनाएको छ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट आज मूल्य घटेर आएपछि निगमले पनि मूल्य घटाएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्नेछ ।
