पेस्तोल र लागूऔषध सहित धरानबाट एक पक्राउ

13

काठमाडौं – सुनसरीको धरानबाट पेस्तोल र ठूलो परिणाममा लागूऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोशी गाउँपालिका – ३ घर भइ धरानमा डेरा गरेर बस्ने २३ वर्षका निरजकुमार राउत छन् । इलाका प्रहरी कार्यालय, इटहरीले विशेष सूचनाका आधारमा चलाएको अपरेशनका क्रममा उनी हतियार सहित पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनको कोठाबाट एउटा ठूलो चाइनिज पेस्तोल, म्यागजिन, १३ राउण्ड गोलीसहित डाइलेक्स औषधि एक सय एमएलको २२५ बोतल, खैरो हेरोइन ७ ग्राम, नाइट्रोसन ६ सय ४० ट्याब्लेट, स्पास्मोप्रोक्सिवन प्लस १२ हजार ९ सय ४४ क्याप्सुल लगायत बरामद भएको छ ।

राउतको साथबाट नगद ११ हजार रुपैयाँसहित लागूऔषध तौल गर्ने डिजिटल मेसिन पनि बरामद भएकाले प्रहरीले उनी लागूऔषध बिक्री गर्ने डिलर भएको आशंका गरेको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

समाचार वर्गहरू