मोरङ – मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ३ मा पैनीमा डुबेर एक बालकको मृत्यु भएको छ । शुक्रबार बिहान स्थानीय बर्तबहादुर थापाका ४ बर्षिय छोरा केशब थापा को मृत्यु भएको हो ।
बिहान खेल्दै गरेका उनको पैनीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । थापालाई उपचारका लागि मोरङ हस्पिटल लैजाने क्रममा मृत्यु भएको हो ।