पोखरामा एक व्यक्तिले पेट्रोल छर्केर गरे आत्मदाह

5

काठमाडौं – पोखरा महानगरपालिका वडा नम्बर १७ विरौटास्थित मेलमिलाप टोलका एक व्यक्तिले आत्मदाह गरेका छन् ।

स्याङजा अर्जुनचौपारी गाउँपालिका– १ घर भइ पोखरा महानगरपालिका वडा नम्बर १७ मेलमिलाप टोलमा बस्दै आएका एक जना पुरुषले आत्मदाह गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आफ्नै कोठामा उनले पेट्रोल छर्केर आत्मदाह गरेका हुन् ।

आत्मदाह गरेको भन्ने खबरपछि प्रहरी उनको घरमा पुग्दा उनको शव जलेको अवस्थामा भेटिएको थियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू