(पर्सा) – पर्साको छिपहरमाई गाउँपालिका वडा नं ४ बन्जारीमा एक बालिकाको डुबेर मृत्यु भएको छ । उदयपुर घुर्मी घर भएका मोतिलाल यादवकि ७ बर्षिय छोरी अंजली कुमारी यादवको बन्जारी स्थित पोखरीमा डुबेर मृत्यु भएको हो ।
बन्जारीका शिव राउतको घर(मामाघर)मा आएकी अञ्जलीको माछामार्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले जानकारी दिएका हुन् ।
प्रहरिका अनुसार घटना लगत्तै प्रहरी घटनास्थल पुगेर शवको पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको छ ।