पोर्चुगलसँग स्वीडेन २-० ले पराजित

48

एजेन्सी – यूईएफए नेसन्स लिगमा पोर्चुगलले स्वीडेनलाई पराजित गरेको छ । स्वीडेनको फ्रेन्ड्स एरिनामा मंगलबार राति भएको खेलमा रोनाल्डोको दुई गोलको सहयोगमा पोर्चुगलले स्वीडेनलाई २–० ले हराएको हो ।

रोनाल्डोले खेलको ४५ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । रोनाल्डोले ७२ औं मिनेटमा दोस्रो गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गरे ।

गुस्ताव स्वेन्सन दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोली स्वीडेन पहिलो हाफमै १० खेलाडीमा सीमित बनेको थियो । घरेलु मैदानमा पोर्चुगलविरुद्ध स्वीडेनले खासै प्रभाव जमाउन सकेन ।

पछिल्लो नतिजासंगै पोर्चुगलले नेसन्स लिग फुटबलको सुरुवाती दुवै खेलमा जित निकालेको छ । पछिल्लो हप्ता रोनाल्डो बिनाको पोर्चुगलले क्रोएसियामाथि ४–१ को शानदार जित निकालेको थियो ।

जितसँगै पोर्चुगलले समूह ए ३ मा शीर्ष स्थानमा कायम रहेको छ । अर्को खेलमा फ्रान्सले क्रोएसियालाई ४-१ ले हराएपनि गोल अन्तरमा पोर्चुगलले फ्रान्सलाई उछिनेको हो । पोर्चुगल र फ्रान्सको ६-६ अंक रहँदा क्रोएसिया र स्वीडेन अंकबिहीन छन् ।

समाचार वर्गहरू