काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारीको आपत्ति जनाएका छन् । कांग्रेसले तनहुँको व्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा निर्माण सम्पन्न पुलको बुधबारउद्घाटन गर्न जाने क्रममा वरिष्ठ नेताप्रति प्रहरी प्रशासनबाट दुर्व्यवहार गरिएको आरोप पनि लगाएको छ ।
बिहिबार ११ बजे उद्घाटन हुने –
कांग्रेसले तनहुँको व्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा निर्माण सम्पन्न पुलको बुधबार उद्घाटन गर्न जाने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहारप्रति कांग्रेस आक्रामक बनेको छ । उक्त पुलको उद्घाटन भोली बिहिबार बिहान ११ बजे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललेनै उद्घाटन गर्ने कार्यक्रम रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।