काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक रामचन्द्र पौडेल पक्षले बहिष्कार गरेको छ । बैठकका लागि पार्टी कार्यालय पुगे पनि वरिष्ठ नेताहरु रामचन्द्र पौडेल र उनी पक्षका नेताहरु बैठकमा सहभागि नै भएनन् ।
विभिन्न विषयमा छलफल गर्नका लागि कांग्रेसले पार्टी कार्यालय सानेपामा बिहिबारका लागि बैठक बोलाएको थियो ।
महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषयलाई बैठकको एजेन्डामा समावेश गर्न सभापति शेरबहादुर देउवा राजी नभएको भन्दै पौडेल पक्षले बैठक बहिस्कार गरेको हो । सभापति देउवाले बहुमतका आधारमा पेलेर जान खोजेको असन्तुष्ट पक्षको आरोप छ ।
कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला पनि बैठकमा सहभागी भएनन् । उनी गृह जिल्ला झापा रहेकाले बैठकमा सहभागी हुन नसकेको उनी निकट स्रोतले बताएको छ ।