प्रकाशमानलाई भोट माग्दै पूर्वप्रधानमन्त्री भट्टराईले

6

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष (नेसपा) संयोजक डा. बाबुराम भट्टराई काठमाडौं क्षेत्र नम्बर १ मा गठबन्धनका साझा उम्मेद्वार कांग्रेस नेता प्रकाशमान सिंहलाइं मत माग्ने सक्रिय भएका छन् ।

सिंहलाइं मत माग्ने क्रममा प्रतिक्रिया दिँदै उनले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह गरेका छन् ।

उनले काठमाडौं क्षेत्र नम्बर  १ का सन्दर्भमा सिंह योग्य र स्वच्छ छविको व्यक्ति भएको भन्दै मत दिन आग्रह गरे । ‘ अहिलेको निर्वाचन विशिष्ठ छ । सामान्य अवस्थामा दलहरुबीच  प्रतिस्पर्धा हुन्छ तर, यसपटक प्रतिगमनकारी शक्तिहरुको विरुद्ध अग्रगमनकारीको लडाँइ हो । उहाँ योग्य व्यक्ति हुनुहुन्छ । स्वच्छ छविको व्यक्तित्व हुनुहुन्छ ,’ उनले भने,‘ हाम्रो गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा र संस्थागत विकासको सुनिश्चितता हुन्छ ।’

त्यस्तै गठबन्धनका उम्मेदवार सिंहले पनि संविधान कार्यान्वयनका लागि म्यान्डेट दिन आग्रह गर्दै भने ‘संविधान बन्यो । कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयनको अवसर दिन आग्रह गरे । संविधानलाई रक्षा गर्दै प्राप्त उपलब्धिहरुको रक्षा गर्दै  र संस्थागत गर्दै विकास निर्माणलाई अगाडि बढाउन गठबन्धनलाई मत आवश्यक छ।

समाचार वर्गहरू