प्रचण्डको तस्बिर जलाउने राप्रपा नेता नीराजन बम रिहा

51

काठमाडौं – पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएको आरोपमा पक्राउ परेका राप्रपाको युवा संघठनका सदस्य सचिव नीराजन बम रिहा भएका छन् ।

चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले केही बेर अघि रिहा गरेको हो ।

‘प्रचण्ड’ले फोटो जलाउँदैमा पक्राउ गर्नु उचित नहुने बताएका थिए। उनले आज (आइतबार) सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लोकतन्त्रमा विरोधका विभिन्न रूप हुने र फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने बताएका हुन्।

समाचार वर्गहरू