प्रचण्डलाई ईश्वर पोखरेलको प्रश्न- ‘पार्टी फुटाउनै खोजेको हो ?’

20

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकमा  कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनका कारण नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली निकटका नेताहरुले प्रतिवेदन पार्टी भित्रको विवाद थप उचाल्ने गरी आएको भन्दै तिखो टिप्पणी गरीराखेका छन् । शुक्रबारको सचिवालयको बैठकमा दाहालले प्रतिवेदन पेश गरेपछि ओली पक्षीय नेताहरु रुष्ट बन्दै उनीहरुले उक्त प्रस्ताव फिर्ता लिनुपर्ने बताइरहेका छन्।

उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले सचिवालय बैठकमा प्रस्तुत प्रस्ताव फिर्ता लिन दाहाललाई आग्रह गरेका छन्। ‘प्रचण्डले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अत्यन्त संगीन आरोपहरू लगाउनु भएको छ,’ उनले लेखेका छन्,‘ प्रस्तावका रूपमा प्रस्तुत यी संगीन आरोपहरू २६ भदौं २०७७ मा सम्पन्न स्थायी कमिटीको सर्वसम्मत निर्णयविरूद्ध र पार्टी एकताको भावनाविरूद्ध छन्।’

‘दुराग्रहका साथ प्रस्तुत ती प्रस्तावहरू फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्षमा पुर्‍याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने ?’ उनले प्रश्न गरेका छन्।

शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि दर्जनौं गम्भीर आरोप लगाउँदै पार्टी एकतादेखि अहिलेसम्म भएका कमीकमजोरीसहितको लिखित दस्ताबेज पेश गरेका थिए ।

समाचार वर्गहरू