प्रचण्ड र निधिबीच भेट, राष्ट्रपतिबारे छलफल

11

काठमाडौं – प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष दाहाल र कांग्रेस नेता विमलेन्द्र निधिबिच भेटवार्ता गरेका छन् ।

निधिले प्रचण्डलाई राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्न प्रधानमन्त्री दाहाललाई प्रस्ताव गरेको बालुवाटार स्रोतले जनाएको छ। एमालेलाई राष्ट्रपति दिँदा सबै शक्ति उसको हातमा पर्ने भएकाले बनाउन नहुने बताउँदै निधिले कांग्रेसलाई सघाउन आग्रह गरेका छन्।

नेपाली कांग्रेसले सत्ता गठबन्धनलाई भत्काएर एमालेलाई एक्ल्याउन निरन्तर प्रयास जारी राखेको छ। गत निर्वाचनमा मोर्चाबन्दी गरेर एमालेविरुद्ध निर्वाचनमा लडेको कांग्रेसले राष्ट्रपति निर्वाचनमा पुन: माओवादी केन्द्रलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरेको हो।

शुक्रबार साँझ पनि कांग्रेसका नेता कृष्णप्रसाद सिटौला प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका थिए। उनले कांग्रेसले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजेको भन्दै त्यही कारण २६ पुसमा विश्वासको मत दिएको स्मरण गराएका थिए।

पछिल्लो समय प्रधानमन्त्री दाहालसँग राष्ट्रपतिको निर्वाचनबारे कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का,  महामन्त्री गगन थापा लगायतले पनि विभिन्न चरणमा छलफल गरेका छन्। कांग्रेस र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुबीच पनि छलफल जारी रहेको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू