काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ।
शनिबार दिउँसो साढे १ बजे नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका प्रचण्ड र नेपालबिच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार सत्तारुढ गठबन्धनका आगामी चुनौतीलगायतका विषय र भोलि प्रतिनिधिसभा बैठक बस्न लागेकाले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारबारे पनि उनीहरुबीच छलफल बुझिएको छ ।
उक्त भेटमा प्रचण्डले नेपाललाई देउवा सरकारमा सहाभागी भएर आगामी यात्रा तय गर्न प्रस्ताव गरेको र उक्त प्रस्तावमा नेता नेपाल सकारात्मक रहेको स्रोतले बतायो ।