काठमाडौं – सरकारले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई चाडपर्वका बेला कार्य क्षेत्र नछाड्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सोमबार एक विज्ञप्ति जारी गर्दै चाडपर्वका बेला कार्य क्षेत्र नछाड्न निर्देशन दिएको हो ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि आवश्यक निर्णय लिनुपर्ने हुन सक्ने भन्दै गृहले प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई दसैंको बेला बिदा नबस्न निर्देशन दिएको हो । चाडपर्वका बेला आवागमन बढ्दा संक्रमणको जोखिम पनि वृद्धि हुन सक्ने गृहले औंल्याएको छ ।
गृहको निर्देशन अघि नै सुरक्षा निकायले मातहतका सबै युनिटलाई परिपत्र गरेर चाडपर्वमा कर्मचारीलाई बिदा नबस्न सर्कुलर गरिसकेको छ ।