प्रतिनिधिसभाको बैठक आज, कार्यसूचीका लागि कार्यव्यवस्था समितिको बैठक बस्दै

40

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्दैछ । त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

बिहान ११ बजे बोलाइएको कार्यव्यवस्था समितिको बैठकले दिउँसो १ बजे बस्ने संसद बैठकको कार्यसूची तय गर्ने बताइएको छ।

कार्यव्यवस्था समितिमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व हुनेछ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लामो समयदेखि संसद बैठक अबरुद्ध गर्दै आएको छ ।

प्रतिपक्ष दलका सांसदहरुको अवरोधकावीच सभामुखले संसदका कामकारवाही अगाडि बढाउँदै आएका छन् ।

समाचार वर्गहरू