प्रतिनिधिसभाको बैठक बस्दै, के हुन्छ एमसीसी ?

10

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज आइतबार दिउँसो १ बजे बस्दैछ । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले संसदको आजको बैठकमा एमसीसी टेबुल गर्ने जनाएको छ ।

तर, संघीय संसदका महासचिव भरतराज गौतमले शनिबार साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) समावेश गरिएको छैन ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा मात्रै एजेण्डा छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७/०७८ पेश गर्नेमात्रै कार्यसूची रहेको छ ।

sam.jpg

समाचार वर्गहरू