काठमाडौँ । प्रतिनिधिसभा बैठक चलिरहेको बेला हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सभामुखको अगाडि पर्चासहित प्रदर्शन गरेको छ । सोमबार संसद सुरु हुनासाथ गरिएको प्रदर्शनका क्रममा सो पार्टीका सांसदको छातीमा ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्दै पर्छ’ लेखिएको पर्चा टाँसिएको थियो ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर प्रदर्शन गर्न कानुन र नियमावलीअनुसार नमिल्ने बताएका छन् ।
श्रम संस्कृति पार्टीका सांसदहरूले आफ्ना अगाडि आएर उठेर पर्चा लिएर प्रदर्शन गरेपछि सभामुख अर्यालले यस्तो बताएका हुन् ।
सभामुख अर्यालले मर्यादामा बसेर विरोध गर्न सांसदहरूलाई आदेश दिएका छन् ।

यस्तै प्रश्नदेखि भाग्न पाइँदै, जनमतलाई सम्मान गर, संसद छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय मर्यादा पालन गरजस्ता नारा समेत पर्चामा लेखिएको थियो । यसरी श्रम संस्कृति पार्टीले संसदभित्र प्रदर्शन गरेपछि मर्यादित बन्द श्रम संस्कृति पार्टीलाई आग्रह गरेका छन् ।