प्रतिनिधिसभा विघटन विरुद्ध नागरिक संघ-संस्थाद्वारा विरोध

17

काठमाडौं – प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरुद्धमा नागरिक अगुवाहरुको समूहले विरोध गरेका छन् ।

ओलीको कदमलाई नागरिक अगुवाको समूहले प्रतिकार गर्न अपील गर्दै संविधान र संसदको सर्वोच्चताको चीरहरणको कुत्सित प्रयत्नमा संलग्न हरेक व्यक्ति तथा समूहलाई कानुनी र राजनीतिक तवरले दण्डित गर्नु आवश्यक भएको उनीहरूले बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले आन्तरिक कलह र शक्ति संघर्षको सिकार संसदलाई बनाइनु न्यायोचित नहुने बताएका हुन् ।

असंवैधानिक रुपमा संसद विघटन हुनु लोकतन्त्रको मूल्य, मान्यता र प्रतिपादित सिद्धान्तविपरीत भएको भन्दै उनीहरुले यस्ता खालका हस्तक्षेप स्वीकार्य नहुने उल्लेख गरेका छन् । भविष्यमा फेरि यस्तो दुस्साहस कतैबाट हुन नसकोस् भनी त्यसको प्रतिकार गर्न आवश्यक परेको उनीहरुको भनाइ छ।

 

समाचार वर्गहरू