प्रतिनिधिसभा सदस्य निर्वाचन सफल पार्न राष्ट्रपति पौडेलको आह्वान

19

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सफल पार्न आह्वान गरेका छन् । मंगलबार शेर्पा संघले आयोजना गरेको ग्याल्पो ल्होसारको शुभकामना दिँदै उनले निर्वाचन सफल बनाउन आह्वान गरेका हुन् । उनले सुशासनमार्फत समृद्धि आउने र समृद्धिबाट मुलुकमा शान्ति, स्थायित्व, राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन भएको जिकिर गरे । उनले भने, ‘सुशासनमार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुन्छ । त्यसैका लागि लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भएकोले २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल पार्न आजको यस पावन अवसरमा म सबैलाई आह्वान गर्दछु ।’

२१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सबै एक भएर लाग्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।

समाचार वर्गहरू