काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेले संघीय सांसदका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।
सोमबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले पाण्डेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
कांग्रेसले सूर्यबहादुर केसीको निधनका कारण रिक्त रहेको समानुपातिकतर्फको सांसदमा मोहनबहादुर पाण्डेलाई मनोनयन गर्न निर्वाचन आयोगमा सिफारिस गरेको थियो ।
कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा केसीपछि खस आर्यतर्फको कोटामा पाण्डेको नाम समावेश थियो ।
प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको कात्तिक १७ गते राति पोखरामा निधन भएको थियो । मधुमेह र उच्च रक्तचापको समस्या रहेका केसीको ६३ वर्षको उमेरमा निधन भएको हो ।