प्रतिबन्धित चन्द समूहद्वारा माेरङमा शिक्षकको गाेली हानी हत्या

34

विराटनगर – प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले मोरङमा एम शिक्षकको अपहरणपछि गोली हानी हत्या गरेको छ ।

चन्द समूहले मोरङको मिक्लाजुङ गाउँपालिका-१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको अपहरणपछि गोली हानी हत्या गरिएको प्रहरीले दाबी गरेको छ ।

५४ वर्षीय श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेका थिए । बिहान सवा ६ बजेतिर चार–पाँच जनाको संख्यामा  उनको घर पुगेका चन्द समूहका केही कार्यकर्ताले उनलाई अपहरण गरेर जंगलतिर लगेको मोरङ प्रहरीले जनाएको छ ।

परिवारले खोजी गर्ने क्रममा घरभन्दा पर जंगलमा उनी मृत अवस्थामा फेला परेका थिए । उनको शव टाउकामा गोली हानिएको अवस्थामा फेला परेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार हत्या गर्नेहरूको खोजी भईरहेको छ । हत्याको कारण खुलेको छैन ।

समाचार वर्गहरू