कृष्ण कुमारी खतिवडा [पौडेल] – प्रकृतिले हजारौँ रङ्ग बनाएको छ तर गुलाफको फूल र मखमली फूलमा कुन महत्वपूर्ण हो भनेर कहिलै भनेको छैन । प्रकृतिले कहिलै हात्ती र मुसा आफ्नो अकारका कारण एउटा महत्वपूर्ण र अर्को कम महत्वपूर्ण हो भनेर भनेन । प्रकृतिले मुसा मुसाको ठाउँमा र हात्ती हात्तीको ठाउँमा उत्तिकै महत्वपूर्ण छन् भनेको हो । महिला महिलाको ठाउँमा र पुरुष पुरुषको ठाउँमा उत्तिकै महत्वपूर्ण छन् । त्यसैले पुरुष हुनुको अर्थ महिलामाथि शासन गर्नु हो भन्ने धारणा गलत धारणा हो । यो विभेदलाई समाजले निर्माण गरेको हो । प्रकृतिले भेद बनाएको हो, समाजले भेदलाई विभेदमा परिणत गरेको हो ।
महिलामाथिको विभेदको जरो वर्ग विभेदमा गएर जोडिन्छ भने वर्गको विभेद र महिलामाथिको विभेद समाजमा कसरी स्थापित भयो स्पष्ट छ। हामी पितृसत्तात्मक व्यावस्थाको कुरा गर्छौँ भने हामीले यो कहाँबाट जन्मियो भनेर खोज्नुपर्ने हुन्छ । जतिबेला हामी बाँदरबाट मानव बन्यौँ के त्यति नै बेलादेखि हामीले महिलामाथि कुटपिट गर्न थालिसकेका थियौं ? के त्यहीँबाट महिलाले पुरुषलाई पति परमेश्वर मानेर कुटने बहादुर कुटाइ खाने कमजोर प्रमाणीत गरेका थिए ?
यो समग्र चक्रलाई अध्ययन गरेर एङ्गेल्सले वर्ग र महिलामाथिको विभेदको कारण व्यक्तिगत सम्पत्ति रहेको पत्ता लगाए । पहिले मानिस दुई चीजलाई पूजा गर्थे पहिलो, प्रकृति । किनभने मानिस प्रकृतिसँग डराउँथे । दोस्रो, महिला । किनभने ऊ मान्छे जन्माउँथी । मानिसले प्रकृतिको पूजा अहिले पनि गर्छ तर महिलामाथि विभेद गर्छ । किनभने सम्पत्तिको स्रोतमाथि उसको नियन्त्रण छ । आदिम साम्यवादी युगमा पुरुषलाई करोडौँ वर्षसम्म पनि बच्चा जन्माउनमा उनीहरूको पनि हात हुन्छ भन्ने थाहा थिएन । त्यसैले बच्चा जन्माउनु भनेको कुनै रोग होइन । यो त प्राकृतिक कुरा हो । यो अशुद्ध रगत पनि होइन कि उनीहरूलाई छाउपडीको नाममा गुफामा पठाइयोस् । माटो गोबरले धोएर पाप कटने कुरा समाजले बनायो । जनजाति परिवार यो महिनावारीलाई महत्त्व दिएको देखिदैन।
जस्तै, भारतको खासी समुदायमा आमाको सम्पत्ति छोरीलाई जान्छ । छोरीको सम्पत्ति उसकी छोरीलाई जान्छ । जुन हाम्रो समुदायमा बुबाको सम्पत्ति छोरामा हस्तान्तरण हुन्छ । त्यस्तो परिवार व्यवस्थालाई तपाईं मातृसत्तात्मक होइन कि मातृवंशीय भन्न सक्नु हुन्छ । त्यस्तो समाजमा केटाको विवाहपछि ऊ केटीको घर जान्छ । किनभने त्यो समाजमा छोरालाई पैतृक सम्पत्तिको अधिकार हुँदैन । सम्पत्तिको अधिकार छोरामा हस्तान्तरण हुने समाजमा छोरी छोराको घर जानुपर्ने हुन्छ ।
जब समाजमा निजी सम्पत्तिको प्रचलन सुरु भयो सबैभन्दा पहिले पुरुषहरूले यो सम्पत्ति कसमा हस्तान्तरण हुने भनेर घिनलाग्दो प्रश्न गरे । यसभन्दा पहिले करोडौँ वर्षसम्म पनि यो घिनलाग्दो प्रश्न उठेको थिएन । त्यति बेला सबैलाई कसरी बाँच्ने भन्ने मात्रै थियो । पुरुषहरूले सम्पत्ति हस्तान्तरणको सवाल उठाए किनभने उनीहरू सत्ताको पछि परेका थिए ।
मातृसत्ता कस्तो अवस्थालाई बुझ्ने के ? पितृसत्ताको स्थानमा मातृसत्ता हुनुपर्छ, भन्ने मेरो भनाइ होइन। मातृसत्ता त्यतिबेला मात्र हुन्थ्यो जब सरकार, धर्म, सेना आदिको नेतृत्व महिलाले लिने थिए । तर ऐतिहासिकरूपमा यस्तो कुनै समाज रहेको प्रमाण अहिलेसम्म फेला परेको छैन । कि के म पितृसत्ताको स्थानमा मातृसत्ता भएको समाज व्यवस्था चाहन्छुु भनेको होइन अझ स्पष्ट पारौँ, दक्षिण एसियाकी कुनै पनि महिला यस्ती छैन, जसले पितृसत्ताको ठाउँमा मातृसत्ता चाहिन्छ भनेकी होस् । किनभने पितृसत्ता रोग हो, अन्याय हो, असमानता हो । ठ्याक्कै त्यसैगरी मातृसत्ता हुन्थ्यो भने हामी एउटा रोगदेखि अर्को रोगमा पुग्थ्यौँ । पितृसत्ता चाहियो भन्नुको अर्थ हामीलाई कोरोना चाहिँदैन, निमोनिया देऊ भने जस्तै हो ।
हामीले भनेको र चाहेको त्यस्तो होइन । हामीले त राम्रो, स्वास्थ समाज चाहियो पो भनेको हो । भन्नुको अर्थ हामीलाई पितृसत्ताको बदलामा मात्र समानता चाहिएको छ । पुरुषहरु पनि फलून् फुलून्, उनीहरूको पनि उन्नति होस । नारीहरु पनि फलून् फुलून् उनीहरूको पनि उन्नति होस नारीहरूलाई आफ्नो बहिनीको सुरक्षा गर्न नपरोस् । जस्तो अहिलेको समाजमा हुने गरेको छ । यहाँ त १० सालको छोरालाई २० वर्षकी छोरीको सुरक्षामा खटाउने चलन छ । त्यस्तो अवस्थाको अन्त्य र समानताको प्रत्याभूति नै स्वस्थ समाजको मानक हो । हामीले त्यस्तो समाज निर्माण गर्न खोजेको हो, जहाँ सम्पत्तिको अधिकार छोरा र छोरीमा समान रूपमा वितरण गरियोस । जहाँ न्याय समान रूपमा स्थापित होस । जहाँ महिला भएकै आधारमा कुनै महिला छाउपडीमा बस्नु नपरोस् । राजनीति रुपा समानता होस प्रतिशत कुरा नहुन तर अहिले समाजमा पुरुषले भाग लगायको मात्रै महिलाले लिने निरीह भयको देखिन्छ । तर अहिले त सारा अधिकार र सम्पत्तिमा पुरुषहरूले सर्पलेझैँ कुन्डली बेरेर बसेका छन् । हामी यस्तो कुराको अन्त्य चाहन्छौँ ।
जब समाजमा निजी सम्पत्तिको प्रचलन सुरु भयो सबैभन्दा पहिले पुरुषहरूले यो सम्पत्ति कसमा हस्तान्तरण हुने भनेर घिनलाग्दो प्रश्न गरे । त्यति बेला सबैलाई कसरी बाँच्ने भन्ने मात्रै थियो । पुरुषहरूले सम्पत्ति हस्तान्तरणको सवाल उठाए किनभने उनीहरू सत्ताको पछि परेका थिए । एङ्गेल्सको भनाइमा निजी सम्पत्तिको सृजनासँगै पुरुषले आफ्नो सम्पत्ति छोरामा हस्तान्तरण हुनुपर्छ भने । तर त्यसबेलासम्म पुरुषहरूलाई के समेत थाहा थिएन भने मेरो छोरा कुन हो । किनभने त्यसबेलासम्म पुरुष र स्त्री सगोलमा बस्थे ।
सगोलमा बस्दै गरेकाहरू बीच मन परेका एकअर्काको हात समातेर उनीहरू सहवास गर्थे । तर सम्पत्ति हस्तान्तरणको विचारसँगै पुरुषहरूले विवाह नामक संस्थाको विकास गरे र श्रीमतीलाई निजी वस्तुसरह एकनिष्ठ विवाह प्रणालीअन्तर्गत चार पर्खालभित्र कैद गर्न थाले । त्यसबेलाको अवस्था बुझ्न आज पनि कुकुर र बिरालाका छाउरा र उनीहरूको सन्तान उत्पादन प्रक्रियालाई हेरे पुग्छ । तपाईंले घर वरपर कुकुर बिरालाका छाउरा छाउरीको बुबा कुन हो भनेर कहिलै थाहा पाउनु भएको छ ? तपाईंलाई थाहा हुन्छ त केवल तीनका आमाको । त्यसैले सम्पत्तिको हस्तान्तरण, श्रीमतीलाई कैद गर्न विवाह नामक संस्थाको जन्म र यसको सामाजिक धारणा निर्माण मार्फत नै पितृसत्ता मजबुत भएको हो ।
महिलालाई घरमा कैद गर्नुको निहित उद्देश्य सत्ता र सम्पत्ति हस्तान्तरण मात्र थियो,अध्ययन गर्दै जाँदा अरू दरिला तर्कहरू भेटिँदैनन् । जति निजी सम्पत्तिसँग त्यसको सम्बन्ध जोडिन्छ । यही नै वर्ग निर्माणको आरम्भिक चरण थियो । त्यसपछि पुरुषहरूले धेरैभन्दा धेरै जनावर पक्रन थाले । धेरैभन्दा धेरै दास बनाउन थाले । धेरैभन्दा धेरै जमिनमाथिको स्वामित्व स्थापित गर्न थाले । त्यहीँबाट दास र पितृसत्ताको सुरुवात भएको हो । त्यति नै बेला यहाँ जाति व्यवस्थाको पनि सृजना गरियो । सुन्दरी प्रतियोगिता कसले चलाउँछ ? कहिल्यै कुनै पनि गरिब महिला सुन्दरी प्रतियोगितामा पुग्न सक्छे ? आज मिडिया र कस्मेटिक उद्योगले सुन्दरताको मानक तय गर्छन् ता कि ती उद्योगका व्यापारीले आफ्ना सामान बेच्न सकून ।
बितेका दस वर्षमा दक्षिण एसियामा महिलाको स्वरूपमा परिवर्तन देखा परेको अनुभूत भएको छ नेपालबाट यस कुराको सुरुवात भो संविधानसभाको निर्वाचन मार्फत नेपालले पूरै दक्षिण एसियामै सबैभन्दा राम्रो संविधान निर्माण गर्यो । अब त्यसलाई जनताले कति मान्नेछन्, त्यो जनतालाई थाहा छ । तर संसदमा ३० प्रतिशत महिला प्रतिनिधित्व अन्यत्र कहीँ छैन क्षमता दक्षता राजनीतिक रुपमा काम नगरी परिवारको उपस्थित महिलाको समानजक काम कति छन सम्पत्ति कानुनमा परिवर्तन देखिएको छ । यस्ता अरू पनि केही कुरा संविधानमा समेटिएको छ, जुन सकारात्मक कुरा हुन् । यसको साथै आज यदि कुनै महिला कुटिन्छे भने पूरै साउथ एसियाका महिलालाई के थाहा छ भने कुटिनु उसको भाग्यको कुरा होइन । यो अन्ययाय हो । यो गैरकानुनी हो । अनि ऊ त्यस विरुद्धमा आवाज उठाउँछे ।
आज महिला छाउपडी गोठमा जान त जान्छे तर उसलाई थाहा छ, यो गलत हो । पहिले यो गलत हो भन्ने उसलाई समेत थाहा थिएन । ऊ त्यस कुरालाई भाग्य भनेर स्वीकार गर्थी । आज अन्याय भनेर स्वीकार गरिरहेकी छे । हिजोआज महिला आन्दोलनले पैदा गरेको अक्सिजन सबै ठाउँमा पुगिसकेको छ । त्यही भएर महिलाहरू विद्रोह बोल्न सक्छन् । महिला आन्दोलनले पितृसत्तात्मक ढाँचालाई भत्काउन सकेको छैन तर महिलाहरूले यो गलत हो भन्ने बुझिसकेका छनछन तर आफु निभर हुन सकेको अवस्था छैन महिलाहरू महत्वपूर्ण ठाउँमा आएका छन् । जस्तै नेपालमा राष्ट्रपति, पूर्व प्रधानन्यायाधीश, न्यायाधीश, संसद, सभामुख आदि । यस्तै मुहार हामीले देखेका छौँ समग्र दक्षिण एसियामा देख्न सक्नु हुन्छ । यो निकै ठूलो परिवर्तन हो । यसका साथसाथै केही नकारात्मक परिवर्तन पनि देखापरेका छन् । पुँजीवादी पितृसत्ता यति व्यापक स्तरमा हावि भएको छ कि एक पाइला अगाडि चाल्दा चार पाइला पछाडि धकेल्ने प्रयास गर्छ ।
तीजमा नेपालका महिलाहरूले करोडौँ रुपियाँको चुरा लगाएर भारतीय व्यापारीलई धनी बनाइरहेका हुन्छन् । त्यसको अर्थ के हो भन्ने मैले अझैसम्म बुझ्न सकेकी छैन । भारतालाई गाली गरेर केही हुँदैन । तपाईं के किन्दै हुनुहुन्छ र के बेच्दैहुनुहुन्छ भन्ने बुझनुपर्ने हुन्छ । सुन्दरताका मानकहरू कसरी निर्धारण गरिन्छन्
सुन्दरी प्रतियोगिता कसले चलाउँछ रु कहिल्यै कुनै पनि गरिब महिला सुन्दरी प्रतियोगितामा पुग्न सक्छे रु आज मिडिया र कस्मेटिक उद्योगले सुन्दरताको मानक तय गर्छन् ता कि ती उद्योगका व्यापारीले आफ्ना सामान बेच्न सकून । दक्षिण एसियाकालाई गोरो किन हुनुपर्ने हो रु मैले अहिलेसम्म पनि बुझेकी छैन । मेरो कम्मर कस्तो हुनुपर्ने हो भनेर कसले तय गर्ने हो । सुन्दरता भनेको त आन्तरिक कुरा हो । तर मिडिया, सिरियल र सौन्दर्य प्रसाधकहरूले सुन्दरताको मानक बाहिरी छाला बनाइदिएका छन् । खास सौन्दर्य त हाम्रो क्यारेक्टर, हाम्रो स्मार्टनेससँग जोडिएको हुन्छ । सौन्दर्य हाम्रो केही गरौँ भन्ने भोकसँग जोडिएको हुन्छ । सौन्दर्यको शरीरसँग के लिनुदिनु र? त्यो पनि महिलाको शरीरसँग मात् यो रकमले हाम्रो बाल बच्चालाई अध्ययनमा लगानीमा लगाउन सक्नु छ।
लेखिका नेपाली कांग्रेसकी नेतृ हुन् ।