काठमाडौं – सत्ता गठबन्धनको बैठकले दोलखाको पालिकामा भागबण्डा गरेको छ। बागमति प्रदेश स्तरीय बसेको बैठकले शुक्रबार बागबण्डामा सहमति जुटाएको हो।
नेपाली कांग्रेसका प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको संयोजकत्वमा बसेको बैठक नौं पालिकाको प्रमुख र उपप्रमुखको भागबण्डामा सहमति गरेको हो।
जसमा कांग्रेसले चार प्रमुख र पाँच उपप्रमुख, माओवादीले तीन प्रमुख र तीन उपप्रमुख र एकीकृत समाजवादीले दुई प्रमुख र एक उपप्रमुख लिने सहमति गरेको हो।
शुक्रबार सहमतिअनुसार जिरी, कालिञ्चोक, धैतेश्वर र भिमेश्वरमा कांग्रेस, गौरीशंकर, शैलुङ र विगुमा माओवादी र तामाकोशी र मेलुङमा एकीकृत समाजवादीलाई दिने सहमति भएको हो।