प्रदेश नं ५ को प्रदेशसभामा कांग्रेस सांसदको बितण्डा

32

बुटवल – प्रदेश नं ५ को प्रदेशसभामा स्थायी राजधानी र नामकरणका विषयलाई लिएर विपक्षी दल नेपाली कांग्रेसले कुर्सी, टेबुल र माइक तोडफोड गरेको छ ।  होहल्ला र विरोधका बीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएपछि आक्रोशित  कांग्रेसका  प्रदेशसभा सदस्य तोडफोडमा उत्रिएका हुन् ।

प्रदेश नं-५ प्रदेससभा सदस्य बसी उद्दिन खाँले कुर्सी तोडफोड गर्न शुरु गरेपछि सदस्य रमा अर्याललगायतले प्रदेशसभाका विभिन्न भौतिक संरचना तोडफोड गरेका थिए । उनीहरु  सभामुखलाई घेरा गर्न रोष्ट्रममा आउन लाग्दा मर्यादापालकसँग घम्साघम्सी परेको थियो । सभामा तोडफोड जारी रहँदा मुख्यमन्त्री शंखर पोखरेल बैठकबाट बाहिरिएका थिए ।

मुख्यमन्त्री पोखरेललाई आइतबार प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका थिए । अपराह्न १ बजे शुरु भएको बैठक २ बजे सरे  पनि सहमति नभएपछि ३ बजे शुरु भएको थियो । सभामुख घर्तीले विरोधको अधिकारलाई सम्मान गर्दै प्रदेशसभालाई अनिर्णयको बन्दी बनाउन नहुने भनी बैठक शुरु गरेका थिए ।

त्यसअघि सार्वजनिक महत्वका विषयमा प्रदेशसभा सदस्यद्वय  अर्याल र सन्तोष पाण्डेलाई समय दिइए पनि उनीहरुले बैठकमा बोलेनन् ।  बैठक मङ्गलबार बस्ने गरी स्थगन भएको छ ।

समाचार वर्गहरू