प्रदेश संरचना तेस्रो तहका नेताको पार्किङ स्थल बन्यो – गृहमन्त्री लामिछाने

7

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश संरचना पार्टीका तेस्रो तहका नेताको पार्कीङस्थल बनेको बताएका छन्।

बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने स्थल बनेको बताएका हुन्।

अहिले भएको प्रदेशले संविधान र संघीयतालाई बोक्न नसकेको बताउँदै उनले भने ‘के संविधानले परिकल्पना गरेको प्रदेश अहिले जे देखिएको छ, त्यही प्रदेश हो? के त्यसले संविधानले परिकल्पना गरेको, व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई बोकेको छ की बद्नाम गराउने काम गरेको छ ?,’

उनले अगाडी भने, ‘त्यसलाई रिट्रोफिड गरौँ है, त्यसलाई ठिक गरौँ, त्यो बेढंगको छ, हामीले ढंगको बनाउनुपर्छ भनेको हो। त्यो दोस्रो तेस्रो लेयरका राजनीतिक दलका नेताहरुलाई पार्किङ गर्ने, पार्किङ स्थल भएको छ। तेस्रो तहका नेताहरू कता जाने भन्दा प्रदेशमा भन्ने भएको छ।’

गृहमन्त्री लामिछानेले सबैलाई जोगाउँदा, देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको बताए। ‘राजनीतिक दल सुरू गरेपछि पाँच महिनामा निर्वाचनमा होमिऔं। तीन महिना म यही मिल्ने चक्करमा हिँडे, अलिकति प्रोफाइल भएका, चिनेका मान्छेहरू सँग मिल्न पाए त, हुन त त्यो मेरो अलिअलि टेलिभिजनको लोकप्रियता हो।’

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू