प्रदेश स्थायी राजधानी र नाम: भ्यागुतोको धार्नी

48

भवनाथ आचार्य / काठमाडौ – नेपालको कुल भू–भाग मध्ये करिब १४ प्रतिशत भू–भाग ओगटेको प्रदेश नम्बर ३ मा १३ वटा जिल्लाहरु छन् । ३ महानगरपालिका, १ उप–महानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरि कूल १ सय १९ वटा स्थानीय तह प्रदेश नम्बर ३ मा रहेका छन् । कूल १ सय १० सदस्य संख्या रहेको यस प्रदेश सभा सदस्यमा नेकपाको मात्रै ८० सिट छ । जबकी, प्रदेशको राजधानी र नाम टुंग्याउन आवस्यक संख्या ७४ भए पुग्छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा सरकारका उप–प्रधानमन्त्री रहेका बेला देउबा सरकारले अस्थायी राजधानीको रुपमा मकवानपुरको हेटौडालाई तोकेता पनि स्थायी राजधानी र नाम भने आजसम्म टुंगीएको छैन् ।
नेकपाका अध्यक्ष केपी ओलीका निकट मानिने हेटौडा महानगरपालिकाका पुर्व मेयर डोरमणि पौडेल त्यहिका स्थानीय बासिन्दा हुन् भने, प्रमुख प्रतिपक्षि दल नेपाली कांँग्रेसका संसदीय दलका नेता ईन्द्र बानीया पनि हेटौडाबासी नै हुन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र भएको जिल्ला चितवन पनि यहि प्रदेशमा पर्ने हुनाले चितवनको विकल्पमा उनले समेत हेटौडालाई नै प्राथमिकतामा राखेको बुझिन्छ ।

गत बैशाखमा प्रदेश सभा सदस्य दिपक निरौलाको संयोजकत्वमा गठित सम्भाव्यता अध्ययन विषेश समितिले यस प्रदेशका १३ जिल्ला मध्ये काभ्रेपलान्चोक, भक्तपुर, नुवाकोट, मकवानपुर र चितवन गरि ५ जिल्लालाई राजधानीको लागि सिफारिस गरेको थियो ।
प्रदेश सभा सदस्य निमा लामाका अनुसार प्रदेशको नाम र राजधानी नटुंगिएका कारण प्रदेश सभा बैठक नै बस्न सकेको छैन् । लामा भन्छन, “हाम्रो पार्टी नेपाली काँग्रेसले आधिकारिक निर्णय नगरेको भएपनि प्रदेशको राजधानी काभ्रेमा राख्नु उपयुक्त हुन्छ । बाग्मती, त्रिसुली, कुमारी, पशुपति आदि नाम चर्चामा रहेतापनि पवित्र नदि बाग्मतीको उद्गमस्थल समेत भएकोले प्रदेशको नाम लाङ्गटाङ्ग राख्नु उपयुक्त हुन्छ ।” उनले प्रदेश सभाको नाम र राजधानी विधि अनुसार चयन गर्ने भएपनि नेकपासँग आवस्यक २ तिहाइ हुँदा समेत टुंगो नलाग्नुले यो विषयमा नेकपाभित्र चरम विवाद छ भन्ने पुष्टी भएको बताए ।

यता, प्रतिनिधि सभा सदस्य लक्ष्मण लम्सालले प्रदेश ३ को राजधानी काभ्रे र प्रदेशको नाम बाग्मती नै उपयुक्त रहेको दावी गर्दै, राजधानी र नामको विषय टुंग्याउने बल मुख्यमन्त्री र सभामुखको कोर्टमा रहेको बताए । उनले भने, “नाम र स्थाइ राजधानीको विषयदेखि डराएर भाग्नुभन्दा तुरुन्त प्रक्रिया प्रारम्भ गरि यो विषय हल गरिनुपर्दछ र नाम र राजधानीको विषयमा सबै प्रक्रिया पुरा भई मतदानको चरणमा पुगेको अवस्थामा सभामुखले बैठक नै नबोलाउदा आम जनजिविकासँग जोडिएका सवालहरु पनि अलपत्र परेका छन् ।”

वाहिर जे कुरा आएतापनि ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामको विषय शिर्ष नेतासँग प्रत्यक्ष जोडिएकाले प्रदेश सभाको पहलमा मात्रै टुंगिने देखिदैन् । मुलुकको राजधानी यहि प्रदेशमा रहेको र अधिकांस राजनैतिक दलका शिर्ष नेताहरुको बसोबास समेत रहेकाले प्रदेश ३ को राजधानी र नामाकरणको विषयलाई निकै चासो र महत्वकासाथ हेरिएको छ । गणितिय हिसाबले प्रदेश सभामा राजधानी र नामको विषयले प्रवेश पाउँदा सहमतिमा यदि जाने हो भने नेकपा एक्लैले यो विषय टुंगो लगाउन सक्छ । जबकी, कूल १ सय १० प्रदेश सभा सदस्य रहेको यो प्रदेशमा नेकपाको मात्रै ८० जना सदस्य छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू