प्रदेश १ को नाम ‘कोशी’ राख्ने सहमती

7
फाइल फोटो

काठमाडौं – प्रदेश १ को नामकरणका लागि बसेको प्रदेशसभा बैठक २ घण्टाका लागि स्थगित भएको छ। छलफलमा रहेको कोशी प्रदेशको प्रस्तावमा संशोधन दर्ताका लागि सभामुख बाबुराम गौतमले २ घण्टाको समय दिएका हुन्।

नेकपा एमालेले प्रस्ताव दर्ता गराएको कोशी प्रदेशमा नेपाली काँग्रेस, माओवादी केन्द्र र राप्रपाले समर्थन गरेका छन्। तर काँग्रेसकै सांसद सम्शेर राई र विनोद राईले नाममा किराँत जोड्नुपर्ने मत राखेका छन्।

माओवादी केन्द्रले पहिचानसहितको नाम आउनुपर्ने आफ्नो चाहना रहेको भए पनि सोही कारण आउन लागेको नामको विषयमा बाधक नबन्ने बताएको छ। नेकपा एकीकृत समाजवादी र जसपाले किराँत, लिम्बुवान, सगरमाथा हुनुपर्ने बताएका छन्।

कोशी नामसम्बन्धी प्रस्तावमाथि संशोधन दर्ता गराउन सांसदहरूलाई राति साढे ८ बजेसम्मको समय दिइएको छ।

नाममाथि संशोधन परेमा त्यसमाथि छलफल गरेर निर्णय हुने र संशोधन प्रस्ताव दर्ता नभए कोशी प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गरिने प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू