प्रदेश १ प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको फाइनलमा

61

दाङ – प्रदेश एक दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश १ प्रतियोगिताको फाइनलमा पुगेको हो ।

खेलमा लुम्बिनीले प्रस्तुत गरेको ५३ रनको विजयी लक्ष्यलाई प्रदेश १ ले ८.५ ओभरमा बिना विकेट पूरा गर्यो । जसअन्तर्गत टिमका लागि काजल श्रेष्ठले २२ तथा कप्तान रुविना क्षेत्रीले २६ रनको योगदान गरिन् ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी १४.१ ओभरमा अलआउट हुादै ५२ रनमा सिमित हुन् पुगेको थियो । लुम्बिनीका लागि नितु भण्डारीले सर्वाधिक २१ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक समेत जोड्न सकेनन् ।

३० बलको सामना गरेकी नितुले उक्त रन बनाउने क्रममा १ चौका समेत प्रहार गरेकी थिइन् । बलिङतर्फ प्रदेश १ की संगिता राई र निग्मा तामाङले २–२ विकेट हात पार्दा कप्तान रुविना क्षेत्रीले पनि १ विकेट लिन सफल भएकी थिइन् । अब उपाधिका लागि आईतबार प्रदेश १ ले विभागीय टोली एपीएफको सामना गर्नेछ ।

समाचार वर्गहरू