प्रदेश २ की राज्यमन्त्री झाद्वारा पदबाट राजीनामा

23

(जनकपुरधाम) – प्रदेश २ सरकारकी भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पलकुमारी झाले राजीनामा दिएकी छन् । उनले मंगलबार राष्ट्रिय जनता पार्टी (राजपा) संसदीय दलको कार्यालयमार्फत मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र बुझाएकी हुन् ।

सरकारको कामदेखि सन्तुष्ट नरहेको भन्दै राजीनामा दिएको झाले बताईन । उनको राजीनामा पत्रमा लामो समयदेखि राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा र पदको प्रतिष्ठा जोगाउन प्रयास गरे पनि स्थिति अनुकूल हुने अवस्था नभएकाले राजीनामा दिएको उल्लेख गरिएको छ ।

समाचार वर्गहरू