काठमाडाैं – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले प्रदेश–२ सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
सोमबार धनुषाको लालगढमा बसेको प्रदेश कमिटी बैठकले संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन समेत गरेको प्रदेश सचिव लक्ष्मण पौडेलले जानकारी दिए ।
सचिव पौडेलका अनुसार ‘प्रदेश–२ सरकारमा सहभागी हुनका लागि संसदीय दलका नेता शत्रुधन महतोलाई मुख्यमन्त्री लालबाबु राउतसँग पहल गर्न जिम्मेवारी दिइएको छ ।’
एकीकृत समाजवादीका प्रदेश इन्चार्ज तथा पूर्वमन्त्री धर्मनाथ साहको प्रमुख आतिथ्यतामा भएको सो बैठकले वडा, पालिका र जिल्ला स्तरसम्म सशक्त ढंगले संगठन विस्तार गर्ने निर्णय पनि गरेको छ ।