प्रदेश-२ सरकारमा माओवादीको इन्ट्री, दुई मन्त्रीले लिए सपथ

6

जनकपुर – नेकपा (माओवादी केन्द्र) प्रदेश २ सरकारमा सहभागी भएको छ। शनिबार माओवादी केन्द्रका दुई जना मन्त्रीले शपथ लिएका छन्।

माओवादीका भरत साहले आन्तरिक मामिला तथा सञ्चारमन्त्रीको रूपमा प्रदेश प्रमुख राजेश अहिराजसमक्ष पद तथा गोपनीयताको शपथ लिए भने आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री  रुवी कर्णले मुख्यमन्त्री राउतसमक्ष राज्यमन्त्रीको शपथ लिएकी हुन्।

प्रदेश सरकारमा सहभागी भई सक्तारुढ दल बनेकोमा नवनियुक्त मन्त्री साह र कर्णलाई बधाई दिन प्रदेशका आठै जिल्लाबाट माओवादी केन्द्रका नेताहरु, संघीय साँसद र मन्त्रीहरु जनकपुरधाम पुगेका थिए । जनता समाजवादी पार्टीको एकलौटी सरकार रहेको प्रदेश २ मा अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरवीचको टकरावसँगै नेपाली काँग्रेस र माओवादी केन्द्रको इन्ट्री भएको छ ।

साह प्रदेश सभा निर्वाचनमा महोत्तरी १ (ख) बाट निर्वाचित भएका थिए। त्यस्तै, कर्ण भने समानुपातिक तर्फबाट निर्वाचित भएकी हुन्। उनी सप्तरीकी हुन्।

समाचार वर्गहरू