प्रदेश ५ को नाम ‘लुम्बिनी’ सिफारिस

18

बुटवल – प्रदेश नं ५ को नाम र स्थायी राजधानी सिफारिस गर्न बनेको विशेष समितिले प्रदेशको नाम ‘लुम्बिनी’ सिफारिस गरेको छ । तीन पटक थप गरिएको म्याद सकिनै लाग्दा समितिले तयार गरेको प्रतिवेदनमा प्रदेशको नाम लुम्बिनी सिफारिस गरेको हो ।

२०७५ साउनमा तीन महिनाको समयावधिभित्र नामाकरण र राजधानीको विषयमा सिफारिस प्रतिवेदन बनाउन समिति गठन भएको थियो ।

स्थायी राजधानीका लागि समितिले बुटवल–सैनामैना, कपिलवस्तुको बाणगंगा–बुद्धभूमि र दाङको भालुवाङ–लमही क्षेत्र सिफारिस गरेको छ । हाल प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवल तोकिएको छ ।

प्रतिवेदन सोमबार प्रदेशसभामा पेश गरिने र प्रदेशसभाले नै राजधानी र नामको टुंगो लगाउने समितिले जनाएको छ ।

समाचार वर्गहरू