प्रदेश ५ मा एकैदिन १३९ संक्रमित थपिए

27

बुटवल – प्रदेश ५ मा एकैदिन १ सय ३९ जना संक्रमीत थपिएका छन् । यससंगै प्रदेशमा आइतबारसम्म कोरोना संक्रमित हुनेको संख्या ७ हजार एक सय ७६ पुगेको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी डा. पुष्पराज पौडेलले बताए ।

प्रदेशका १ हजार ६ सय १६ जना कोरोना संक्रमित उपचारका क्रममा छन् । संक्रमितमध्ये लक्षण सहितका १ सय ४१ जना संक्रमित कोरोना विशेष अस्पतालमा रहेको सूचना अधिकारी डा. पौडेलले बताए । जटिल खालका २१ जना आइसीयु र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

लक्षणबिहीन अन्य संक्रमीत भने आइसोलेसन केन्द्रमा रहेका छन् । प्रदेशमा जटिल खालका कोरोना संक्रमीतको उपचारका लागि खोलिएका रुपन्देहीको बुटवल, भैरहवा, दाङको बेलझुण्डी र बाँकेको खजुरामा गरी ४ वटा कोरोना विशेष अस्पताल छन् ।

प्रदेशमा आइतबार ८६ जना कोरोना मुक्त भएका छन् । यससंगै कोरोना संक्रमण जित्नेको संख्या ५ हजार ३ सय ६९ पुगेको छ । कोरोना संक्रमणका कारण प्रदेशमा ४० जनाले ज्यान गुमाएका छन् ।

सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार आइतबार कोरोना संक्रमण देखिनेमा ५७ महिला र ८२ पुरुष छन् । सबैभन्दा धेरै बर्दियाका ४४ र बांकेका ४२ छन् ।

रुपन्देहीका १९, पाल्पाका १५, अर्घाखाचीका ११, प्युठानका ३, कपिलवस्तु र दाड.का २, २ एवं नवलपरासी पश्चिमका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

समाचार वर्गहरू