काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपपछि पहिलो पटक प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटन बिहिबार साँझ शीतल निवास पुगेका हुन् ।
सर्वोच्चको आदेश अनुसार फाल्गुन २४ गतेभित्र संसद बैठक बोलाउनु पर्ने बाध्यतामा रहेका ओलीले यसैबारे छलफलका लागि गएको स्रोतले बतायो । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने स्रोतको दावि छ ।
अदालतको उक्त आदेशपछि बुधबार बसेको नेकपा ओली समूहको बैठकले संसद बैठक बोलाउने निर्णय पनि गरेको थियो ।