प्रधानमन्त्रीको इग्नोरपछी ओलीको आड खोज्न वालकोट पुगे रवि लामिछाने

12

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

मंगलबार भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवैजनाबीच सत्ता गठबन्धनमा भएको सहमति र पछिल्लो राजनितिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।

नयाँ नागरिकतालिएसँगै गृहमन्त्रीको दाबी गर्दै आएका लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै हालतमा गृहमन्त्री नदिने भनेपछी थप सहयोगकालागी लामिछाने ओलीनिवास बालकोट पुगेका हुन् ।

सरकार गठन हुँदा सत्ता गठबन्धन दलहरुबीच भएको सहमति कार्यान्वयनमा समस्या आएको र सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान सभापति लामिछानेले अध्यक्ष ओलीसँग राखेको उनको सचिवालयले जनाएको छ ।

भेटवार्ताका क्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धनबीच भएको सहमति कार्यान्वयनको पक्षमा आफू रहेकोले यसबारे प्रधानमनत्रीसँग थप छलफल गर्ने बताएका थिए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू