प्रधानमन्त्रीबारे ‘फेक भिडियो’ बनाउने नौ युट्युब च्यानल कारबाहीमा

118

काठमाडौं – प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा युट्युब च्यानललाई मंगलबार कारबाही गरेको छ ।

तीमध्ये दर्ता, सूचीकरणबिना चलेका तीनवटालाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा पत्राचारसमेत गरिएको छ ।

सूचीकरण भएका अन्य सामाजिक सञ्जाल (युट्युब च्यानल)मा भएका अप्रमाणित र एकपक्षीय सामाग्री तत्काल हटाउन वा स्थगन गर्नसमेत काउन्सिलले निर्देशन दिएको छ ।

काउन्सिलका सह-प्रशासकीय अधिकृत एवम् सहप्रवक्ता रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा आधिकारिक एवम् विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुने भन्दै भ्रम फैलाउने सूचना सामग्री नफैलाउन सम्बद्ध सबैलाई आग्रहसमेत गरिएको छ ।

‘अभिव्यक्ति स्वतन्त्रता भनेको अराजकता र स्वच्छन्दता कदापि होइन’, काउन्सिलले भनेको छ । विज्ञप्तिमा कारवाहीमा परेका माध्यमको विवरणसमेत राखिएको छ ।

कारबाहीमा परेका युट्युब च्यानल

लेकाली खबर
खबर बुलेटिन टीभी
न्युज इन नेपाल
रातोपर्दा टीभी
योहो टेलिभिजन एचडी
पूर्वी गर्जन मिडिया
गुन्द्रुक न्युज
सगरमाथा पाना
नेपाल लाइभ एचडी

समाचार वर्गहरू