प्रधानमन्त्रीले बोलाए मन्त्रि परिषद बैठक

46

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो।

आजको बैठक कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत हुनेछ। कोभिड-१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) को शुक्रबार बसेको बैठकले गरेका सिफारिस कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ।

कोरोना संक्रमण थप जोखिमपुर्ण भएको अवस्थामा सम्बन्धित निकायको प्रगती तथा आगामी योजनाको बारेमा पनी बैठकमा छलफल हुने बताइएको छ ।

समाचार वर्गहरू