प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना

87

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओली अस्पताल भर्ना भएका छन्।

शनिबार उनलाई फोक्सो सम्बन्धी समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबकुमार्फत बुबालाई फोक्सो सम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको जानकारी दिएका छन् ।

‘बुबालाई फोक्सो सम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ’ प्रधानमन्त्री ओलीले फेसबुकमा तस्बिर राख्दै लेखेका छन् । उनले अहिले स्वास्थ्य स्थिति सामान्य रहेको उल्लेख गरेका छन्।

समाचार वर्गहरू